भारत भाग्दै गरेका ६ कैदी पक्राउ

बैतडी । डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई÷दुई र दार्चुला तथा बैतडी घर घएका एक÷एक जना रहेका छन् । उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।
‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया