कास्की, चितवन र म्याग्दी कारागारबाट फरार ८ कैदी पक्राउ

ढोरपाटन (बागलुङ) । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ ।
प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।
बालसुधार केन्द्र सराङकोटबाट फरार भएका चार तथा चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट फरार भएका एक्एक जना बन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डे जानकारी दिए । पक्राउ परेकामध्ये अधिकांशलाई मालढुङ्गा चेकपोष्ट र केहीलाई घरबाट नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेका केहीलाई सम्बन्धित कारागारमा पठाएको जनाउँदै प्रहरी नायब उपरीक्षक पाण्डेले केहीलाई बागलुङमा राखिएको बताए। उनका अनुसार पक्राउ परेका चार कैदी र चार जना थुनुवा छन् । उनले भने, “जेनजी प्रदर्शनका क्रममा कारागारबाट धेरै कैदीबन्दी फरार भएका छन्, फरार भएकाहरूलाई बागलुङबाट पनि पक्राउ गरिरहेका छौँ, अहिले पक्राउ परेका आठमध्ये छ जना जबर्जस्ती करणी र दुई जना ज्यान मुद्धाका आरोपी हुन्, निजहरूलाई सम्बन्धित कारगारमा पठाइरहेका छौँ ।”
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया