नाइजरमा बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु

मोटरसाइकलमा आएका बन्दुकधारीहरूले पश्चिमी नाइजरमा २२ गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिनेमध्ये धेरैजना बप्तिस्मा समारोहमा सहभागी रहेका थिए ।
घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो । उक्त क्षेत्रमा अल–कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूहहरू सक्रिय छन् ।
टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताए । उनका अनुसार आक्रमणकारीहरूले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।
स्थानीय सञ्चारमाध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ ।
मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “फेरि एकपटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवारहरू शोक र निराशामा डुबेका छन् ।”
सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताहरूले ठूलो सेनाको उपस्थिति कायम राखेका भए पनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । गत हप्तामात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया