संविधान दिवसमा टेलिकमले दियाे यती धेरै ‘अफर’, असोज २ देखि असोज ४ गतेसम्म

काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ ।
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।
यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले यही अफरअन्तर्गत रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया