कोटेश्वरको भाटभटेनीमा आज भेटिएको शवको पहिचान खुल्यो
मेरोन्यूज
२०८२ असोज २ गते ८:३६

काठमाडौँ ।काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा आज बिहान भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिए ।
उनले भने, “आज बिहान अन्दाजी ९ः३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो ।
आवश्यक प्रक्रियापश्चात उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको रहेको पुष्टि भएको हो ।” उक्त शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) मा पठाइएको प्रवक्ता बोहराले बताए ।
सम्बन्धित














आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया