हिमालयन बैंकको चाबहिल–२ शाखा बालुवाटार स्थानान्तरण, आजैदेखि कारोबार
मेरोन्यूज
२०८२ असोज २ गते २०:३७

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो चाबहिल–२ शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा काठमाडौँ महानगरपालिका–२, एन एल कम्प्लेक्स, बालुवाटारमा स्थानान्तरण गरेको हो ।
स्थानान्तरणसँगै आज बिहीबारदेखि बालुवाटार शाखा नामबाट बैंकिङ सेवा सुरु गरेको छ।
उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उच्चपदस्थ कर्मचारी र अन्य अतिथिहरूको उपस्थितिमा गरे ।
हाल बैंकले देशभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पिओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया