‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता छ : मुख्यमन्त्री कँडेल

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले ‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता औंँल्याएका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुसँग आज यहाँ सुर्खेतमा भएको अन्तरक्रियामा उनले युवा र विद्यार्थी सङ्गठन मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गरे ।
मुख्यमन्त्री कँडेलले भने ,“अब हामी निर्माण गर्ने पुस्ता हाैँ, दर्शक बन्ने होइनौँ भन्ने सन्देश दिन लागौँ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ ।
गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभइ राष्ट्रसमेत कमजोर हुने हुँदा सचेत बनौँ ।” उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकार समस्यामा परेको बताए ।


















इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया