सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ
मेरोन्यूज
२०८२ असोज ४ गते २०:३३

काठमाडौँ। प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद रु १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन जारी रहेको उनले बताए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया