कारागारबाट भागेका दुई विदेशी पक्राउ

काठमाडौँ ।बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बालयौन दुराचार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका माइकल नर्मन टेलर र जबरजस्ती करणी मुद्दामा काठमाडौँमा कैद भुक्तान गरिरहेका जेसन लोयड सुडिलाई आज पक्राउ गरेको हो।
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्
ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले माइकल जिल्ला अदालत कास्कीको आदेशले कास्की कारागारमा र जेसन जिल्ला अदालत काठमाडौँको आदेशले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको जानकारी दिए।
जेन–जी प्रदर्शनका क्रममा भागेका दुवै जनालाई ब्यूरोको टोलीले आज काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको उनले बताए ।












आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
थारु संस्कृतिमा रङ भर्दै सोमिना
बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया