नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिऔँ : अखिल पूर्व अध्यक्ष बडाल

काठमाडौँ। अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिन आग्रह गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत नेपालको शिक्षामा विदेशीको छाया प्रवेश गरेपछि अहिलेको अवस्था सिर्जना भएको भन्दै विदेश छाँया प्रवेश गर्न नदिन आग्रह गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र हटाएपछि ‘अमेरिकन युथ काउन्सिल’ छिरेको उनको भनाई रहेको छ ।
“विगतमा त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह थियो । त्यहीँ हामीले राजनीति सिक्थ्यौं, राष्ट्रिय चेतना बढाउँथ्यौं, तर, आज त्यही ठाउँमा ’अमेरिकन युथ काउन्सिल’ छिरेको छ, ” अनेरास्ववियुका पूर्व अध्यक्ष वडालले लेखेका छन्, “ विश्व बैंकको अनुदानको लोभमा हाम्रै उच्च शिक्षाका विज्ञहरूले आफ्नै विद्यार्थी आन्दोलन (स्ववियु) लाई ध्वस्त पारिदिए । हाम्रा राजनीतिक दलहरू पालैपालो सरकारमा आए, तर कसैले पनि यो विषयमा सोच्न भ्याएनन् । हामीले पनि त्यो कुरा बुझाउन सकेनौं ।”
उनले विदेशी हस्तक्षेप, अदृश्य सेनाजस्तै एनजीओ/आइएनजीओको भेषमा हाम्रो मस्तिष्क कब्जा गर्ने षड्यन्त्र रहेको उल्लेख गर्दै लेखेका छन, “तिनीहरूको एउटै लक्ष्य छ : हाम्रो राष्ट्रिय विचार र हाम्रो चेतना मेटाउनु ।”
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया