नवलपरासी कारागारमा २२२ कैदीबन्दी फर्किए

नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ ।
नवलपरासी कारागारमा अहिलेसम्म २२२ कैदीबन्दी फर्किएका कारागारका जेलर विकल श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए ।
कैदीबन्दीले कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट भागेका बताउँदै जेलर श्रेष्ठले १७ पुरुष र १२ जना महिला नभागी कारागारमा बसेको जानकारी दिए । कारागारको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले कैदीबन्दीलाई केही नगरी निस्किन दिएको थियो ।
कैदीहरू यसरी भागेपछि थप सजाय हुनसक्ने सूचना जारी गरी फर्किन अनुरोध गरेसँगै दैनिकजसो कैदीबन्दी कारागारमा फर्किन थालेको उनले बताए ।
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये ४० जना भारतीय नागरिक रहेका जनाउँदै जेलर श्रेष्ठले एकजना कारागार फर्किसकेका बताए । उनका अनुसार नवलपरासी कारागारका १३ जना कैदीबन्दी मुलुकका अन्य कारागारमा गएर हाजिर भएका छन् भने अन्य कारागारका ६ जना यहाँ आएका छन् ।
केन्द्रीय कारागारबाट भागेका दुई जना मोरक्कोका र एक जना साउथ अफ्रिकाका नागरिक (कैदीबन्दी) नवलपरासी कारागारमा रहेका जेलर श्रेष्ठले जानकारी दिए ।










यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया