प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति
मेरोन्यूज
२०८२ असोज ९ गते १६:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विशेष महाधिवेशनमा जाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । उनले निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने मत राखे ।
यस्तै उपमहासचिव शर्माले भने सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बस्नुपर्ने र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अगाडि सारे ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया