अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा नयाँ शान्ति योजनाको प्रस्ताव, के साच्चै लडाई रोकिएला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र इस्लामिक देशका नेताहरूसँग गाजामा शान्तिका लागि नयाँ योजनाको प्रस्ताव सार्वजनिक गर्नुभएको छ। यो योजना संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई दिइएको र यसले इजरायल र मध्यपूर्वका देशहरूको चासोलाई सम्बोधन गर्ने विश्वास लिइएको वासिङ्टनले जनाएको छ। गाजा क्षेत्र लगभग दुई वर्षको विनाशकारी युद्धबाट प्रायः भग्नावशेषमा परिणत भएको छ यसलाई समाधान गर्न अघि सारिएको भनिएको ट्रम्पको पछिल्लो पहल के हो त ? एएफपीले प्राप्त जानकारी यही समाचारमा प्रस्तुत गरिएको छ ।
– योजनामा के छ? के साच्चै लडाई रोकिएला ?
– बैठकबारे जानकार एक कूटनीतिक स्रोतले एएफपीलाई बताए अनुसार योजनाले गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूको रिहाइ र इजरायली सेनाको फिर्ती र मानवीय सहायताको प्रवाहको परिकल्पना गरेको छ। स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले प्रस्तावको स्वागत गरेका छन् र गाजामा इजरायलको सैन्य कारबाही र क्षेत्र कब्जा गर्ने कुनै पनि प्रयासलाई अन्त्य गर्न पनि आह्वान गरेका छन्।
ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले बुधबार भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र गाजामा शान्तिका लागि ट्रम्पको २१ बुँदे योजना प्रस्तुत गरेको छ।” “मलाई लाग्छ यसले इजरायलको चासो र यस क्षेत्रका सबै छिमेकीहरूको चासोलाई सम्बोधन गर्दछ,” उहाँले महासभाको अवसरमा न्यूयोर्क पुगेका नेताहरूसँग छुट्टै भएको एक शिखर सम्मेलनमा भने।
अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पले अरब र मुस्लिम नेताहरूलाई युद्ध तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उनले जति लामो समयसम्म युद्ध लम्बिन्छ त्यति नै इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने सम्भावना छ बढ्दै जाने चेतावनी दिएको बताइएको छ ।
– हमासलाई के हुन्छ?
– कुटनीतिक स्रोतले नाम नबताउने सर्तमा संवेदनशील बैठकबारे छलफल भएको तर यसमा हमासलाई समावेश नगरिएको बताएको छ। स्रोतले भन्यो, “अमेरिकी योजनाले गाजाको लागि नयाँ शासन पहलको प्रस्ताव गरेको छ जसमा हमासलाई समावेश गरिएको छैन।”
सन् २०२३ अक्टोबरमा दक्षिणी इजरायलमा हमासको आक्रमणबाट गाजा युद्ध सुरु भएदेखि इजरायलले प्यालेस्टिनी लडाकुहरूलाई समाप्त गर्ने वाचा गरेको छ र सत्तामा उसकोे भविष्यको कुनै भूमिका नहुने बताएको छ। अरब र मुस्लिम नेताहरूले बैठकमा प्यालेस्टाइन प्राधिकरणको सुधारलाई कमजोर पार्ने वा गाजा र इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क दुवैमा शासन गर्ने अधिकारलाई रोक्ने कदमहरूको विरोध गरेको पनि स्रोतले जानकारी गराएको छ ।
एक्सिओसका अनुसार ट्रम्पको योजनामा प्यालेटिनी प्राधिकरणको केही भूमिकाको कल्पना गर्दै क्षेत्रीय राज्यहरूबाट आर्थिक सहयोगमा एक सुरक्षा बलको स्थापना गर्ने जसले प्यालेस्टिनीहरूलाई अरब र मुस्लिम देशका सेनाहरूसँग समन्वय गर्ने, पुनर्निर्माण र गाजामा नयाँ प्रशासनलाई सहयोग गर्नेछ। अमेरिकी प्रस्तावलाई ट्रम्पका ज्वाइँ जारिड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले विगत छ महिनामा छलफल गरेका विचारहरू भन्दा भिन्नरूपमा वर्णन गरिएको छ।
–वस्ती बिस्तार रोक्ने सुनिश्चतता
– अरब र मुस्लिम नेताहरूले पश्चिम किनाराका केही भागहरू कब्जा गर्ने वा जेरुसेलमको पवित्र स्थलहरूमा कानुनी र ऐतिहासिक यथास्थितिलाई परिवर्तन गर्ने कुनै पनि उपायको बिरूद्धमा आश्वासनको लागि दबाब दिएका थिए।
कुटनीतिक स्रोतले भनेको छ, “नेताहरूले गाजावासीहरूको विस्थापन, उनीहरूको फिर्तीमा कुनै अवरोध र गाजा कब्जा गर्ने कुनै पनि प्रयासको बिरूद्ध ग्यारेन्टी गर्न आग्रह गरेका छन्।” एक्सिओसका अनुसार ट्रम्पले मध्यपूर्व र अन्य मुस्लिम नेताहरूलाई आफूले इजरायललाई वेस्ट बैङ्कको केही भाग कब्जा गर्न नदिने बताएका थिए।















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया