सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु : राष्ट्रसंघ

सन् २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै यो भन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । “हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्च देखि तीव्र हिंसा भएको संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर टर्कले बताएका छन् ।
गरिबी समस्याले ग्रस्त देश हाइटीले लामो समयदेखि राजनीतिक अस्थिरताको पृष्ठभूमिमा हत्या, बलात्कार, लुटपाट र अपहरण गर्ने हिंसात्मक आपराधिक गिरोहबाट पीडित रहेको छ ।
सन् २०२२ जनवरी–१ देखि सशस्त्र हिंसामा उल्लेखित भन्दा बढी मानिस मारिएको तथा र करिब सात हजार मानिसहरू घाइते भएको जनाउदै गिरोह र सम्बन्धित हिंसाको निगरानी सुरु गरेको टर्कले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई बताउनु भएको छ ।
गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्स भन्दा बाहिर डर फैलाउँदै हिंसाले “व्यापक क्षेत्रलाई अस्थिर पार्ने“ खतरा रहेको उहाँले बताएका छन् । न्यूयोर्कमा मङगलबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले हाइटीमा संयुक्त राष्ट्र समर्थित सुरक्षा मिसनलाई सैन्य सेनासहित पूर्ण बलको रूपमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ । नयाँ फोर्समा अब प्रहरी अधिकारी र सैनिकहरू सहित अधिकतम पाँच हजार ५०० वर्दीधारी कर्मचारीहरू हुन सक्ने जनाइएको छ ।
“यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र समर्थन जरुरी रहेको टर्कले बताउनु भएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले गिरोहका सदस्यहरू, जनसङ्ख्या र सुरक्षा बलहरू बिचको “हिंसाको चरमोउत्कर्ष“ को निन्दा गरेका छन् । गत मार्च देखि नै हाइटी सरकारले राजधानीमा आफ्नो गिरोह विरोधी कारबाहीमा विस्फोटक ड्रोनको प्रयोग बढाएको उहाँले बताउनु भएको छ ।
“सेप्टेम्बरको मध्य सम्ममा ड्रोन आक्रमणमा ११ जना बालबालिका सहित कम्तीमा ५५९ जनाको मृत्यु भएको छ । यी अधिकांश ड्रोन आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत गैरकानूनी हुने तुर्कले बताउनु भएको छ । तथाकथित समूहले यस वर्ष ५०० भन्दा बढी कथित गिरोहका सदस्यहरूको हत्या गरेको कुरा पनि “गहिरो चिन्ताको विषय“ भएको उनले बताएका छन् । हाइटीका बालबालिकाहरू गिरोहद्वारा तस्करी, शोषण र जबरजस्ती भर्तीको सिकार भएको भन्दै उहाँले चिन्ता व्यक्त गरेका छन। “हामी हाइटीका जनताका लागि यो अवस्थालाई परिवर्तन गर्न सक्छौँ र गर्नुपर्छ “टर्कले भने ।
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया