‘विद्युतीय संरचनामा क्षतिपुग्न नदिन उच्च सतर्कता अपनाइएको छ’

काठमाडौँ।नेपाल विद्युत प्राधिकरणले वर्षापछि हुने बाढीपहिरो तथा डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी तत्कालै सेवा सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण ‘ग्रिड सबस्टेसन’, विद्युत् उत्पादनगृह र वितरण सबस्टेसनलगायत संरचनामा हुनसक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्वतयारी गरिएको बताउनुभयो । ‘विद्युतगृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३÷३ जना कर्मचारी खटिन गरेकोमा हाल ६÷६ जना जना रहने व्यवस्था गरिएको छ ।
डुबान भएमा पानी फाल्न पम्पहरू तयारी अवस्थामा राखिएका छन् । पहिरोको खतरा भएका ठाउँमा पनि सतर्कता अपनाइएको छ”, उहाँले भन्नुभएको छ,“विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा सहायता कक्ष एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।”
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया