मंगलबार, वैशाख २२, २०८३

लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चारजना बेपत्ता

मेरोन्यूज २०८२ असोज १९ गते ७:१६

रसुवा । लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चारजना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना खोल्सा तर्ने क्रममा बेपत्ता भएका हुन्।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेका टोलीका उनीहरू शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सामा बगेका हुन्।

खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएको थियो । तीमध्ये चार जना सम्पर्कमा आएका छन् । खोल्साले बगाएर संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर-१०) बेपत्ता भएका हुन्।

वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा बगाएको हो। अहिले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया