वाईसिएल नेपालद्वारा बल्खु क्षेत्रमा बाढी प्रभावित घरहरूको सरसफाइ र उद्धार कार्य गर्दै
मेरोन्यूज
२०८२ असोज १९ गते १८:५०

काठमाडौं । हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा परेका काठमाडौंको बल्खु क्षेत्रमा वाईसिएल नेपालले आज सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ। वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानमा परेका घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी फ्याँकेर स्वच्छता कायम गर्न सहयोग गरेका छन्।

साथै, बाढीले क्षति पु-याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाईसिएल नेपालले जनाएको छ। बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि वाईसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको जनाएको छ।
वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीको नेतृत्वमा सुरु गरिएको यो अभियानले बाढीपीडित क्षेत्रमा तत्काल राहत र सरसफाइमा ठूलो योगदान पुर्याइरहेको छ
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया