माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’: चुनावमा जाने विषयमा आमसहमति छ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो ।
बैठकले विपद् प्रतिकार्यमा खटिइएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताउनुभयो । बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए ।
“चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दैछन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ”, संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो, “निर्वाचनसम्पन्न गरेर मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।” बैठकमा महाधिवशेनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, सङ्गठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए ।

















One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
Gold price climbs and silver price slides today
महेन्द्रनगरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया