आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल

काठमाडौं । आज २०८२ साल असोज २५ गते शनिबार । कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : अड्केको धनको प्राप्तिको लागि उपयुक्त समय रहेको छ। कार्यक्षेत्रमा समस्यालाई शान्तिले सुल्झाउने प्रयास गर्नुहोला। सकेसम्म कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
वृष : कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला। कार्यलाई टाल्नु भन्दा सम्पादन गर्नमा ध्यान दिनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग गुलाबि हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा अधुरो कार्य पूरा गर्नमा सहकर्मीहरूको साथ मिल्नेछ। चिताएका काममा सफलताको लागि संघर्ष गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन् सावधान रहनुहोस्। प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह : अड्किएका कार्यहरू सम्पादन हुनेछन्। निजी कार्यलाई पूरा गर्नमा सफलता मिल्नेछ। सामूहिक कार्यमा सबैको कुरा सुनेर निर्णय लिनुहोला। रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या : युवाहरूलाई उच्चशिक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुका साथै आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
तुला : नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। ऋणबाट मुक्ति मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : व्यापार व्यवसायमा सफलता मिल्नेछ। अध्यात्मतिर झुकाव रहनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। समय आफ्नो अनुकूल बन्दै जानेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।
धनु : नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको कुरालाई बेवास्ता नगर्नुहोला। हतारमा लिएका निर्णयहरू नोक्सानदाई रहनेछन्। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरू बन्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
मकर :कार्यक्षेत्रमा कार्य समयमा सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। विवादास्पद मामलाहरू आपसी सहमतिमा सुल्झाउने प्रयास गर्नुहोस। लामो समयदेखि रोकिएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : साझेदारी व्यापारबाट लाभ प्राप्त हुनेछ। पुराना मित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
मीन :कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरूमा करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया