चिनियाँ राष्ट्रपति सीसँगको भेट आवश्यक नभएको ट्रम्पको भनाइ, करवृद्धि गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग यसै महिना हुने भनिएको शिखर वार्ता आवश्यक नभएको शुक्रबार बताउनुभएको छ। “चीनमा केही अनौठा घटना भइरहेका छन् । तिनीहरू धेरै शत्रुतापूर्ण बन्दै गएका छन्,” आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेख्नुभएको छ।
आधुनिक प्रविधिको एक महत्वपूर्ण घटक चीनले दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण गरिएको विरोधमा आफ्नो धारणा राखेसँगै ट्रम्पको यो भनाइ आएको हो । “मैले दुई हप्तापछि राष्ट्रपति सीलाई दक्षिण कोरियाको एपेकमा भेट्ने कार्यक्रम तय गरेको थिएँ, तर अहिले त्यसो गर्नुको कुनै कारण देखिँदैन”, वासिङ्टन नजिकैको सैनिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँनुभन्दा अघि सम्प्रेषण गरेको सन्देशमा उनले भने ।
ट्रम्पले लेख्नुभएको छ, “चीनलाई विश्वलाई ‘बन्धक’ बनाउन दिनुको कुनै अर्थ छैन, तर केही समयदेखि उनीहरूको योजना यही रहेको देखिन्छ।” छ महिना लामो राम्रो द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गरे पनि बेइजिङ अमेरिकाबाट सकारात्मक सूचनाको ‘पर्खाइमा बसिरहेको छ’। दुर्लभ खनिज तत्वहरू स्मार्टफोन र इलेक्ट्रिक वाहनहरूबाट सैन्य हार्डवेयर र नवीकरणीय ऊर्जा टेक्नोलोजीसम्म सबै उत्पादन गर्न महत्त्वपूर्ण छ।
चीनले यी सामाग्री को वैश्विक उत्पादन र प्रशोधनमा विशेष भूमिका खेल्दै आएको छ। ट्रम्पले भन्नुभयो, “हामीले अहिले लागु गर्न खोजिरहेको एउटा नीति भनेको अमेरिका भित्रिने चिनियाँ सामानमा करमा भएको ठूलो वृद्धि हो।” अन्य देशहरूले संयुक्त राज्य अमेरिकासँग सम्पर्क गरेको र कतैबाट बाहिर आएको भन्दै ट्रम्पले भने चीनको ‘ठूलो व्यापार शत्रुता प्रति हामी नजरअन्दाज रहन सक्दैनौँ । राष्ट्रपतिले यस विषयमा आफूले सीसँग कुनै कुरा नगरेको बताएका छन्। उनले चुम्बक र अन्य तत्वहरूमा एकाधिकारको स्थिति निर्माण गर्ने चीनको दृष्टिकोणलाई ‘एक भयावह र शत्रुतापूर्ण कदम’ भने।
















मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया