सोमबार, वैशाख २१, २०८३

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा त्रिपाठीलाई

मेरोन्यूज २०८२ असोज २५ गते १८:४३

काठमाडौँ । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ।

Advertisement
NiccNicc

विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संंस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाबाट उनलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

माक्र्सवादी चिन्तक भट्टको स्मृतिमा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट अक्षयकोष स्थापना भई पहिलोपटक यो पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार सिफारिस समितिका संयोजक प्रा जगत्प्रसाद उपाध्यायले डा त्रिपाठी नेपाली साहित्यका महासमालोचक भएको उल्लेख गर्दै उनको शोधपरक समालोचनाको विषयमा चर्चा गरे।

भट्टको व्यक्तित्वबारे प्रकाश पार्दै साहित्यकार प्राडा हेमनाथ पौडेलले समालोचना र दर्शनका क्षेत्रमा भट्टको अलग पहिचान रहेको बताए।

विसं १९९४ साउन २ गते जन्मिएका भट्टको २०६८ असोज २५ गते निधन भएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलगायत सहभागी थिए।

प्रतिक्रिया