कैलालीमा युवकमाथि आक्रमण गरेको आराेपमा ११ जना पक्राउ

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२ वर्षीय गौरव ऐरमाथि गरिएको आक्रमणको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले धनगढी उपमहानगरपालिका, नेपाल–भारत सीमामा रहेको त्रिनगर भन्सार क्षेत्रबाट आरोपित व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका भीम नेपाली, अनुपम सिंह, मुस्कान सिंह, बबिन सिंह, गोपाल भट्ट, विशाल बोहरा, प्रिन्स सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किरण महरा, गोविन्द बलायर तथा पुनर्वास नगरपालिकाका दिनेश विक र अनिल विक छन् ।
उक्त होटेलमा दुई दिनअघि धारिलो हतियार प्रहार गरी डडेलधुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आक्रमण भएको थियो । गम्भीर घाइते ऐरको हाल भारतको रुद्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया