मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका नेता सोनलको दाबी पेस

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गर्नुभएको छ ।
मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार पाँचदलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनालले आज मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेस गरेका हुन् ।
सरकार गठनका क्रममा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच सहमति जुटेको उनले बताए।
मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता सोनालको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको भन्दै गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको मधेस प्रदेश लोसपा संसदीय दलका नेता जेलुन राइनले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका केही राजनीतिक दलहरू पनि सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा आउनुभएको निमित्त सचिव यादवले जानकारी दिए ।










प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
जनकपुर बोल्टसले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया