मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका नेता सोनलको दाबी पेस

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गर्नुभएको छ ।
मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार पाँचदलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनालले आज मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेस गरेका हुन् ।
सरकार गठनका क्रममा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच सहमति जुटेको उनले बताए।
मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता सोनालको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको भन्दै गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको मधेस प्रदेश लोसपा संसदीय दलका नेता जेलुन राइनले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका केही राजनीतिक दलहरू पनि सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा आउनुभएको निमित्त सचिव यादवले जानकारी दिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया