सशस्त्रका पाँच डिआइजीलाई किन बोलाइयो बिहारमा ?

काठमाडौं । भारतको बिहार प्रदेशसँग सिमा जाेडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी बुधबार बिहारमा भेला भए । बिहारसँग सिमा जोडिएका काेशी प्रदेश, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजी बिहार प्रदेश सरकार र त्यहाँको एसएसबीको निमन्त्रणामा बिहारमा भेला भएका हुन् ।
बिहारमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीका ति डिआइजीलाई विरगञ्जपारी बिहारकाे क्षेत्रमा आयोजित भेलामा निमन्त्रणामा गरेको एक डिआइजीले जानकारी दिए । त्यस्तै बिहारसँग सीमा जोडिएका नेपालका जिल्लाका सशस्त्र प्रहरी बलका एसपीलाई समेत निमन्त्रणामा गरिएको उनले जानकारी दिए । भेलामा भारततर्फका सुरक्षा अधिकारीहरुकाे पनि बाक्लाे उपस्थिति रहेको थियाे ।
बिहारमा कात्तिक २० र २५ गते विधानसभाको निर्वाचन हुँदैछ । अमेरिकी प्रभावमा सुशीला कार्की नेतृत्वकाे सरकार गठन भएकाे आलोचना भइरहेको सन्दर्भमा भारतले सशस्त्र प्रहरी बललाई निमन्त्रणामा गर्नुलाई समेत अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
विशेषत जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदी बिहारकाे निर्वाचनमा दुरुपयोग नहाेस् भनेर भारतीय पक्षले विशेष चाँसो राखेको सशस्त्रका ति डिआइजीले जानकारी दिए । निर्वाचन अवधिभर सिमामा निगरानी, गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन भारतिय पक्षले विशेष आग्रह गरेको थियो । त्यसका लागि सशस्त्र प्रहरी बलकाे विशेष सहयोगकाे अपेक्षा आफुहरुले गरेको भारतीय पक्षको भनाइ थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया