सशस्त्रका पाँच डिआइजीलाई किन बोलाइयो बिहारमा ?

काठमाडौं । भारतको बिहार प्रदेशसँग सिमा जाेडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी बुधबार बिहारमा भेला भए । बिहारसँग सिमा जोडिएका काेशी प्रदेश, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजी बिहार प्रदेश सरकार र त्यहाँको एसएसबीको निमन्त्रणामा बिहारमा भेला भएका हुन् ।
बिहारमा हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीका ति डिआइजीलाई विरगञ्जपारी बिहारकाे क्षेत्रमा आयोजित भेलामा निमन्त्रणामा गरेको एक डिआइजीले जानकारी दिए । त्यस्तै बिहारसँग सीमा जोडिएका नेपालका जिल्लाका सशस्त्र प्रहरी बलका एसपीलाई समेत निमन्त्रणामा गरिएको उनले जानकारी दिए । भेलामा भारततर्फका सुरक्षा अधिकारीहरुकाे पनि बाक्लाे उपस्थिति रहेको थियाे ।
बिहारमा कात्तिक २० र २५ गते विधानसभाको निर्वाचन हुँदैछ । अमेरिकी प्रभावमा सुशीला कार्की नेतृत्वकाे सरकार गठन भएकाे आलोचना भइरहेको सन्दर्भमा भारतले सशस्त्र प्रहरी बललाई निमन्त्रणामा गर्नुलाई समेत अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
विशेषत जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदी बिहारकाे निर्वाचनमा दुरुपयोग नहाेस् भनेर भारतीय पक्षले विशेष चाँसो राखेको सशस्त्रका ति डिआइजीले जानकारी दिए । निर्वाचन अवधिभर सिमामा निगरानी, गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन भारतिय पक्षले विशेष आग्रह गरेको थियो । त्यसका लागि सशस्त्र प्रहरी बलकाे विशेष सहयोगकाे अपेक्षा आफुहरुले गरेको भारतीय पक्षको भनाइ थियो ।










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया