सशस्त्र प्रहरीमा एकैपटक १ सय ६८ जना भन्दा बढी अधिकृतको कमाण्ड जिम्मेवारी बदली

काठमाडाै ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा १ सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरको कमाण्ड जिम्मवारी बदली गरेको छ । जसमा सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १ सय ६८ जनाको बदली गरिएको छ ।
मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरुको पहिले नै पुर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरुलाई नै कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यस बाहेक बिगतमा सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरुलाइ कामान्डम प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ ।
बर्तमान अबस्थामा राजश्व संकलनलाइ बिशेष जोड दिदै सोही कार्यमा बिगतका ट्र्याक रेकर्ड अनुसार अधिकृत हरुलाइ जिम्मेवारी दिने निती संगठनको रहेको छ । यसै गरि लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरुमा खटाइएको छ ।
अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउँने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्र भन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ । मुख्यालयले आफुलाई तोकिएको जिम्मेवारी पुरा नगर्ने तथा आचरण विपरितको कार्यमा संलग्न अधिकृतलाई कमाण्ड जिम्मेवारीबाट समेत हटाउँदै आएको छ ।













Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न सिफारिस
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया