दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’

काठमाडौँ ।दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार भारतको बङ्लोरमा ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको हो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली कला संस्कृतिलाई प्रवासमा फैलाउनका लागि यस्ता सांस्कृतिक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“नेपाल–भारतबीचको सम्बन्ध केवल भौगोलिक नजिकतामा मात्र होइन, सांस्कृतिक र आत्मिक एकतामा आधारित छ, यस्ता कार्यक्रमले आपसी मैत्री, सहयोग तथा साझा पहिचानलाई अझ मजबुत बनाउँछन्”, अध्यक्ष पाण्डेले भने ।
उक्त महोत्सवमा सांस्कृतिक नृत्य, सङ्गीत, कविता र मैत्रीपूर्ण सांस्कृतिक आदान–प्रदानका माध्यमबाट नेपाल–भारतमैत्री सम्बन्ध सुदृढ पार्ने सन्देश प्रवाह गरिएको थियो । सोहीअवसरमा समितिले इन्डो–नेपाल टोलीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया