आज आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १९ तारिख। काग तिहार र धनवन्तरी जयन्ती आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। चिताएको कार्यसम्पादन हुन समय लाग्नेछ। मेहनत र परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
वृष : रचनात्मक वा लेखन कलामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : शुभचिन्तकहरूको कुरालाई वेवास्था नगर्नुहोस्। व्यापार व्यवसायमा ग्राहकहरूको मन जित्ने प्रयास गर्नुहोला। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : अनावश्यक कुराको पछि लाग्दा समस्या निम्तिनेछ। रोकिएका कार्यमा सफलता मिल्नेछ। महत्वपूर्ण कार्यहरूलाई योजना बनाएर काम गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
सिंह : पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। साइनो गास्नेहरूको भरपर्दा दुःख पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कन्या : करियरलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। सहयोगीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
तुला : परिश्रम अनुसार परिणामको प्राप्ति नहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : राम्रो कर्मफलको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
धनु : नोकरी वा पेशामा प्रभुत्व स्थापित गर्न सकिनेछ। अरुको कुरा सुनेर कुनै निर्णयमा नपुग्नुहोस्। पिताको सहयोगले रोकिएको काम बन्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मकर : नोकरी वा पेशामा प्रभुत्व स्थापित गर्न सकिनेछ। अरुको कुरा सुनेर कुनै निर्णयमा नपुग्नुहोस्। पिताको सहयोगले रोकिएको काम बन्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ : स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। नयाँ कार्यको थालनी गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन :साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया