पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

तुलसीपुर (दाङ)। जिल्लाको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् ।
त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ । पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दङ्गीशरण–२ गोल्टाकुरीका प्रकाश डाँगीले बताउनुभयो । “यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ”, उनले भने । राजाकोट दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए ।
उनका अनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ । गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए । जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले शनिबार ‘हाइकिङ’समेत गरेका थिए । गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए । सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि पहल गर्ने दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए ।












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया