प्रधानसेनापतिले रथीमा पदोन्नति भएका श्रेष्ठलाई प्रदान गरे दर्ज्यानी चिह्न
मेरोन्यूज
२०८२ कार्तिक २ गते १६:५७

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया