भ्रष्टाचार रोक्न पाँचसय र एकहजारका नोट बन्द गर्न माग

काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । आज यहाँ एक पत्रकार सम्मेलन गरी गत असोज २६ देखि ३० गतेसम्म बसेको तेस्रो विशेष बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा जारी विज्ञप्ति पार्टीका प्रवक्ता खडक विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गरेका थिए । सो पार्टीले रु ५०० र एक हजार दरका नोट खारेज गर्न माग गरिएको छ । समिति बैठकका निर्णयहरुमा भ्रष्टाचार रोक्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने सो पार्टीले माग गरेको हो ।
त्यस्तै कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने नेकपाले निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष बर्खेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।
पार्टीका महासचिव विप्लवले जेनजी युवाहरुको विद्रोहपछि नयाँ कम्युनिष्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्रलगायत घटकहरूसँग छलफल चलिरहेको जानकारी दिनुभयो । उनले भने, “अब पहिलेको जसरी कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन ।
नयाँ बहस आवश्यक भएकाले अब माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ ।” यसैगरी बैठकले जेनजी विद्रोह सफल भए पनि जेनजीहरु आफ्नो ‘एजेन्डा’अनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छभने जेनजी विद्रोहपछि कम्युनिष्टहरुबीचको एकता र नयाँ कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया