आज सोमबार लक्ष्मी पूजा, तपाइकाे दिन कस्ताे रहला ?

काठमाडौं ।आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २० तारिख। लक्ष्मी पूजा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :व्यापार व्यवसायमा दीर्घकालीन योजना बन्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : परिवारमा चलिरहेको वादविवाद सुल्झिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : नयाँ कार्यको अवसर मिल्दा पनि भने जस्तो लाभ नमिल्ला। रोकिएका कार्य अगाडि बढ्नेछन्। आफुले गरेको मेहनतको फल अरुले लिन सक्छन्। विशिष्ट व्यक्तिहरूको साथ र सहयोगले व्यापार व्यवसायमा नँया निर्णय लिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट : सामाजिक समस्या सुल्झ्याउन सकिनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
सिंह : कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूबाट लाभ लिने अवसर प्राप्त हुनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कन्या : कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै सन्तान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथले नयाँ उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
तुला : मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने छ। वित्तीय वा सहकारी संस्थाबाट सोचेजस्तो लाभ नमिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला। स्वास्थ्यको लागि खानपीनमा सजग रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
धनु : परिबन्धले अप्ठ्यारा स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ
मकर : अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्नेछ। आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक वा सामाजिक स्थिति सबल हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
मीन : दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। रोकिएका कार्यसम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रतिक्रिया