सोमबार, वैशाख २१, २०८३

नेपाली कांग्रेस धनुषाका सभापति पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी

मेरोन्यूज २०८२ कार्तिक ३ गते ८:१२

महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उहाँका छोरासहित सात जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

Advertisement
NiccNicc

क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशीलकुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केही महिनाअघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रबार अदालतबाट आरोपी विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत धनुषाले जनाएको छ । यसैबीच सभापति पञ्जियारले विपक्षीले जाहेरी दिएको आधारमा पक्राउ पूर्जी जारी भएकाले छठपछि आफैँ अदालतमा उपस्थित हुने बताए ।

प्रतिक्रिया