सङ्खुवासभामा जुवातास खेलिरहेका ७ जना पक्राउ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा खाँदबारी–१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । प्रहरीले जुवातास (कौडा) खेलाउने घर धनी सहित सात जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट नगद रु एक लाख ७२ हजार ९३५ समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । प्रहरीले १६ वटा कौडा र चार बुङ (थान) ताससमेत बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पटकासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पटक जन्यवस्तु बिक्री वितरण गरेको आरोपमा सदरमुका खाँदबारीबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका उपमहानगरपालिका–१० घर भई खाँदबारी –१ बस्ने १८ वर्षीय सुजन चौधरी र सुनसरीको कोही गाउँपालिका–३ घर भई हाल खाँदबारी–१ बस्ने ४८ वर्षीय जमाल अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया