तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन् ।
उनले भने, “बिहान र साँझ उपभोक्त बढी आउछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन् । अहिले दैनिक रु १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।” अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ ।
धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन् । मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ । दैनिक रु २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन् । तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ । किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ ।
दसैँपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ । बत्ती व्यापारी निरज कोइरालाले भने, “पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएको छ । आधुनिक झिलिमिली बत्तीको माग बढी हुने भएकाले अहिले बिक्री बढी हुन्छ छ ।” बजारमा अहिले बिजुली (इलेक्ट्रिक) पसलदेखि विभिन्न खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।
अन्य चाडपर्व र बिहेको याममा कम मात्र बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले जानकारी दिए । धरानको मुख्य बजार, भानुचोक, सब्जी मन्दिर पुरानो बजारलगायत ठाउँमा बत्ती, फूल मालालगायत सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । व्यापारीले तिहार आउन केही महिनाअघिदेखि झिलिमिली बत्ती बिक्री गर्नका लागि सामान ल्याइसकेका कोइरालाले बताए।
तिहार सुरु भएसँगै बजार सक्रिय भएको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गर्दा मनग्य आम्दानी जुटाउने अवसर पाएका सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उनले भने, “अहिले तिहारमा विशेष गरी सडकका पेटी र गल्लीमा पसल सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती भीड र सडक व्यवस्थापन हो । कहिलेकाहीँ भीडले पसल वरिपरि आवागमन कठिन बनाउँछ ।
यस्तो समयमा सङ्घले प्रशासनसँग मिलेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेका छौँ, जसले व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नसक्ने अवसर पनि पाउँछन् ।” सडकमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरेर ग्राहक र व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको उनले बताए । बजार प्रचार, व्यवसाय वृद्धि तालिम र सहुलियतपूर्ण सहयोग कार्यक्रममार्फत व्यापार अवसर बढाउन र ग्राहकलाई सुविधा दिन सङ्घ सक्रिय रहेको उहाँको भनाइ छ ।
तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन् । यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ । “ग्राहकको भीड बढ्दै गर्दा व्यापारीको उत्साह पनि बढ्छ र आफ्नो आम्दानी जुटाउन सकिरहेका छन्”, अध्यक्ष श्रेष्ठले भने ।

















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
प्रतिक्रिया