जुवा खेलिरहेका ९ जना बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । बुढानिलकण्ठबाट जुवातास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ।
बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित नेवा चुली रिसोर्टबाट गएराति दुई लाख एकतीस हजार नगदसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका(८ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ, बुढानिलकण्ठको चुनिखेल बस्ने ३३ वर्षीय विकास श्रेष्ठ, बुढानिलकण्ठ चुनिखेल बस्ने बर्ष ३१ का राकेश श्रेष्ठ, ३७ वर्षीय शुनिल श्रेष्ठ, काठमाडौंको बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना, काठमाडौंको सोह्रखुट्टे नयाँबजार बस्ने २७ वर्षीय नामगेल भोलान, मैपी बस्ने ४२ वर्षीय रामशंकर पराजुली, चुनिखेल करूणाअस्पताल नजिकै बस्ने ३७ वर्षीय जितेन्द्र तामाङ र जय कुमार श्रेष्ठ छन्।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई हिरासतमा राखेर थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया