जुवा खेलिरहेका ९ जना बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । बुढानिलकण्ठबाट जुवातास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ।
बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित नेवा चुली रिसोर्टबाट गएराति दुई लाख एकतीस हजार नगदसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका(८ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ, बुढानिलकण्ठको चुनिखेल बस्ने ३३ वर्षीय विकास श्रेष्ठ, बुढानिलकण्ठ चुनिखेल बस्ने बर्ष ३१ का राकेश श्रेष्ठ, ३७ वर्षीय शुनिल श्रेष्ठ, काठमाडौंको बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना, काठमाडौंको सोह्रखुट्टे नयाँबजार बस्ने २७ वर्षीय नामगेल भोलान, मैपी बस्ने ४२ वर्षीय रामशंकर पराजुली, चुनिखेल करूणाअस्पताल नजिकै बस्ने ३७ वर्षीय जितेन्द्र तामाङ र जय कुमार श्रेष्ठ छन्।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई हिरासतमा राखेर थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।













निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै
प्रतिक्रिया