सरकारले उचित वातावरण बनाए निर्वाचनमा सहभागी हुन्छौँ: कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् ।
सुर्खेतमा आज आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् । हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको कावा सभापति खड्काको भनाइ थियो ।
सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित ‘जेनजी’ ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उनले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिइ आममतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए ।
कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए । उनले भने,“हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ, तर सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छन् । यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
कावा सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने उल्लेख गरे।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया