युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँको अवस्था गम्भीर

युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो ।
प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि ‘चेन रियाक्सन’ स्वरूप अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएको उल्लेख गरिएको छ ।
“घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
प्रहरीका अनुसार धेरैजना गम्भीर घाइते भएका छन्, जसलाई किर्यान्डोङ्गो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । यद्यपि, घाइतेहरूको सङ्ख्या र अवस्थाबारे विस्तृत विवरण तत्काल उपलब्ध नभएको प्रहरीले जनाएको छ ।
युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने ठूला सवारी दुर्घटनाहरूले मानवीय क्षतिको दोहोरो सङ्ख्यामा वृद्धि गरिरहेको भन्दै प्रहरी प्रवक्ताले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।















50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया