दश लाख मूल्य बढीका सामान बरामद

देवदह (रुपन्देही) । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले साढे १० लाख मूल्यबराबरको भन्सार छली गरिएका सामान बरामद गरेको छ । गत बुधबार र बिहीबार जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु १० लाख ५७ हजार ५०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान शुक्रबार भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिएका सामानमा कोइलर र ब्रोइलर कुखुरा, फूल, भैँसी, पाडी, सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी रहेका छन् ।
प्रहरीले भन्सार छलेर सामान ल्याएको आरोपितलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–४ वसन्तपुरका ३२ वर्षीय सराफत अली, भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने ३१ वर्षीय शिवकुमार कोइरी, सोही स्थान बस्ने ४० वर्षीय बब्लु कुशवार र मर्चवारी गाउँपालिका–३ रायपुरका अन्दाजी २८ वर्षीय जगदेव भुज रहेका छन् ।














कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया