आज कात्तिक ८ गते शनिबारको राशिफल, तपाईंको आजको दिन कति शुभ ?

काठमाडौं । आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :अनावश्यक कार्यहरूमा समय बर्बाद हुनेछ। सही दिनचर्याले स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागिताले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष : सहकर्मीहरु हजुरको कार्यशैलीबाट प्रसन्न रहनेछन्। जग्गा जमिनको मामलाहरूमा सावधान रहनुहोला। व्यावसायिक यात्राबाट लाभ हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आध्यात्मिक कार्यमा मन जानेछ। परोपकारको भावना मनमा जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : आफन्तहरूको सहयोगले सजिलै कार्य सम्पादन हुनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भौतिक सुख सुविधामा धन व्यय हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ ४ रहेको छ।
कन्या : नयाँ योजनाहरूलाई पहिल्याउने समय रहेको छ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूबाट सहयोग मिल्नेछ। अरुको कामको चासो लिँदा झमेला बेहोर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
तुला :व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। नोकरी वा पेशाहरूको लागि कार्यभार कम हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : जीवनसाथीसँग वैचारिक मतभेद बढ्ला। पारिवारिक समस्याहरूको समाधान हुनेछ। सम्मानित कार्य गर्ने अवसर मिल्नेछ। अड्केको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु : व्यापार व्यवसायमा लिएका जोखिम सफलतादायक रहनेछन्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस। मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
मकर : साथीहरूको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नयाँ योजनाहरूको लागि अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : अध्ययनमा सफलता मिल्नेछ। रोजगारका नयाँ अवसरहरू हात लाग्नेछन्। कारोबार विस्तारका योग छन। प्रशासनिक कार्यहरूमा सफलता मिल्नेछ। आजको शुभ रं रातो हो भने शुभ अंक २ रहेको छ।
मीन : सामाजिक मान प्रतिष्ठा बढ्नेछ। प्रतिस्पर्धीका सन्मुख गोपनियता बनाएर राख्नुहोस्। संयमित व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पहिलाका निर्णयहरूमा पुनर्विचार गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

















सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया