यस्ता छन् नवनियुक्त दुई मन्त्रीका पहिलाे निर्णय

काठमाडाैं । नवनियुक्त दुई मन्त्रीले पदभार ग्रहण गरेका छन् । आजै दिउँसाे शितलनिवासमा शपथ लिएका दुवै मन्त्रीले कार्यभार सम्हाल्दै निर्णयमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेकी छन् ।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा गौतमले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् ।”
यस्तै नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।
पदबहाली गरेका छन् । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।
उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

















आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध
अमेरिकामा स्थापना भयो ‘हामी नेपाली इन्टरनेशनल’
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
जुम्लामा ९२५ जना अस्थायी मतदाता
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
प्रतिक्रिया