युद्धविरामका बाबजुद इजरायलले गाजा र लेबनानमा आक्रमणका लागि अनुमति नलिने नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामका लागि सहमति जनाएपछि पनि इजरायलले गाजा वा लेबनानमा आक्रमण गर्न अनुमति नलिने बताएका छन्। “इजरायल एक स्वतन्त्र राष्ट्र हो । हामी आफ्नै सेनाका साथ आफ्नो रक्षा गर्नेछौँ र हामी हाम्रो भाग्यलाई नियन्त्रण गर्न जारी राख्नेछौँ,” नेतान्याहूले आफ्नो साप्ताहिक सरकारी बैठकको सुरुमा मन्त्रीहरूसँग भन्नुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामी कसैको स्वीकृति खोज्दैनौं ।
हामी हाम्रो सुरक्षालाई मध्यनज। राखेर अघि बढ्र्छौँं।” गाजामा अन्तर्राष्ट्रिय शान्ति सेना तैनाथ गर्ने योजनालाई सङ्केत गर्दै नेतान्याहूले कुन देशले त्यहाँ सेना तैनाथ गर्न सकिन्छ भनेर इजरायलले निर्णय गर्ने बताए ।
उनले भने, “हामीले यो स्पष्ट पारिसकेका छौँ, इजरायलले कुन सेना उसलाई अस्वीकार्य छ भनेर निर्धारण गर्नेछ र तदनुसार कार्य जारी राख्नेछ।” गाजामा युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यका साथ ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूको कुटनीतिक भ्रमणको एक हप्तापछि उहाँको यो टिप्पणी आएको हो।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया