संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित कालीकोटका २ युवक पक्राउ
मेरोन्यूज
२०८२ कार्तिक ११ गते १५:४४

काठमाडौँ । भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही ठाउँका २८ वर्षीय कृष्णबहादुर शाहीलाई दुई थान भालुको पित्त जस्तो वस्तुसहित गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद–बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार बुझाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित
















निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया