भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण हुने अनुमान गरिएको भारतीय मौसम विभाग (आइएमडी) ले जनाएको छ ।
हाल यो आँधी आन्ध्र प्रदेशको मचिलीपट्टनमबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा घुमिरहेको छ । मौसमविद्हरूका अनुसार, चक्रवातको तीव्रता अझ बढ्दै जाने र यसले ९० देखि ११० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावा ल्याउने सम्भावना छ । आन्ध्र प्रदेशका १९ जिल्लामा अत्यधिक वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरिएको छ भने छिमेकी तमिलनाडु, तेलङ्गाना, केरला र कर्नाटकमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, तटीय क्षेत्रका करिब ३८ हजार मानिसलाई सुरक्षित राहत शिविरहरूमा सारिएको छ । आन्ध्र प्रदेश सरकारले करिब ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको र चक्रवातबाट प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरेको छ । राज्य सञ्चार मन्त्री नारा लोकेशका अनुसार, एक हजार ९०६ राहत शिविर र ३६४ विद्यालय आश्रयका रूपमा तयारी गरिएको छ भने एक हजार २३८ कमजोर गाउँमा निकासी अभियान जारी छ ।
अधिकारीहरूले बुधबारसम्म विद्यालय र कलेज बन्द गर्न आदेश दिएका छन् । माछा मार्नेहरूलाई समुद्रमा नजान चेतावनी दिइएको छ भने मङ्गलबार रेल र उडान सेवामा पनि आंशिक अवरोध भएको छ । छिमेकी उडिसा राज्यमा पनि प्राधिकरणले करिब ३२ हजार मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित शिविरमा सार्न सुरु गरेको बताइएको छ ।
जलवायु विज्ञहरूका अनुसार, दक्षिण एसियामा यस्ता गम्भीर आँधीबेहरीहरू पछिल्ला वर्षहरूमा बढी तीव्र र अनियमित हुँदै गइरहेका छन् । तातो तापक्रम र हरितगृह ग्यासहरूले उत्पन्न गरेको ग्लोबल वार्मिङले यस्ता चक्रवातलाई अझ चरम बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् । भारतको पूर्वी तट क्षेत्र चक्रवातप्रति संवेदनशील मानिन्छ । सन् २०२३ मा भारतले हालसालैको इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५२३ जनाको ज्यान गएको र करिब दुई अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया