गाजामा आक्रमणपछि इजरायलले घोषणा गर्याे युद्धविरामको ‘नयाँ अध्याय’

इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको“ घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा “आतंककारी साइटहरू“ र हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
मङ्गलबार इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहूले सेनालाई “गाजा पट्टीमा तुरुन्तै बलपूर्वक आक्रमण गर्न“ निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
आईडीएफले इजरायली सुरक्षा एजेन्सी (आइएसए) सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेकोसमेत बताएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले पुनः हवाई आक्रमण गरे पनि गाजा युद्धविराम कमजोर नहुने बताएका ५न् । ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया