धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना काठमाडौँबाट पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार गएराति तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक गोकणेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको बेलामा बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले धारिलो हरियार देखाइ निजसँग रहेको कालो रङको झोला लुटेर फरार रहको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरी वृत बालाजु बार्यालयबाट पीडितसँग समन्वयमार्फत मातहतमा चेकजाँच खडा गरी पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट जाँचमा खटिएका प्रहरी वरिष्ठ हवल्दार जीवन बुढाथोकी र प्रहरी सहायक हवल्दार कृष्णबहादुर बस्नेतले लुटिएको झोलासहित सामान र लुटपाटमा प्रयोग भएको मोटरसाइकल र निजहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट बा प्र ०२–०५० प १६०२ नम्बरको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एक थान, नगद रु तीन हजार, खुकुरी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान, बोबो लेखिएको कालो रङको झोला एक थान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा ४२ प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरेको जनाएको छ ।
उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरी वृत बालाजुमा राखी सोधपुछ थालिएको बताउँदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिए ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया