वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु एक अर्ब छ करोड रकमले कमी आएको आएको छ ।
जबकी गत आवको तीन महिनाको अवधिमा भने रु ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए ।
वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट रु छ अर्ब ९६ करोड राजस्व सङ्कलन भएको छ ।
चालु आवको तीन महिनामा रु १० अर्ब ७२ करोड मूल्य पर्ने एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा रु सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको तीन महिनाको अवधिमा रु सात अर्ब ४९ करोड मूल्य पर्ने सात करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपि ग्यास आयात भएको छ ।
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया