बुधबार, पुष १६, २०८२

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश

मेरोन्यूज २०८२ कार्तिक १३ गते १७:०३

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको हाे । सुनारलाई बोलाएको समयमा उपस्थित हुने गरी धरौटीमा रिहा गर्न आदेश भएको बताइएकाे छ ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो ।

प्रतिक्रिया