मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।
बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।
अनलाइन माध्यामबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताउनु भएको छ ।
देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उनले बताएका छन्। यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्याएको जनाइएको छ ।
त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको उनले चेतावनी दिएका छन् । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउदै उनले त्यस्ता सामाग्रीहरु आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने बताएका छन् ।













सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्रीकाे निर्देशन
Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया