पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह
मेरोन्यूज
२०८२ कार्तिक १४ गते २०:४२

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेता–कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका हुन।
“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष ओलीले लेखेका छन् ।
उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित












निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया