फुट्यो एकीकृत समाजवादी,सुकेधारामा झलनाथ-घनश्याम समूहको छुट्टै भेला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र तनाव बढेको छ ।
माधवसँग असन्तुष्ट पक्ष शनिबार सुकेधारा नवदुर्गा पार्टी प्यालेसमा भेला भएका छन् ।हिजो (शुक्रबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयमा सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले असन्तुष्टी राखेका थिए । खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् ।
यसैबीच आगामी रणनीति तय गर्नेगरी आज छलफल चलेको नेताहरूले बताएका छन् । भेलामा अहिलेसम्म ८४ जना नेताहरू पुगेको सहभागी एक नेताले बताए ।
सुकेधारामा भइरहेको छलफलमा नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, लक्ष्मण लम्साल स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झांक्री, ,अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, जीवनराम श्रेष्ठ ,आरती लामा लगायत पुगेका छन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया